२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङमा

आज शिखर वार्ता जारी :  ' यस्तो थियो ट्रम्प र सीको सुरुवाती सम्बोधन ? '

पूरै विश्व हाम्रो यो भेटलाई हेरिरहेको छ : सी जिनपिङ

बिहिवार , बैशाख ३१, २०८३

 

चीन, बैशाख ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘सम्मानको कुरा’ भएको बताएका छन् भने सी जिनपिङले दुवै देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नु पर्छ भनेका छन् । आज ट्रम्प र सी जिनपिङबीच द्विपक्षीय वार्ता भइरहेको छ र त्यसअघि दुवै नेताले प्रारम्भिक सम्बोधन गरेका थिए ।

ट्रम्पले भने, हाम्रो सम्बन्ध राम्रो रहँदै आएको छ । जब पनि कुनै कठिनाइ आयो, हामीले मिलेर समाधान गर्यौं । म तपाईंलाई फोन गर्थें र तपाईंले मलाई फोन गर्नु हुन्थ्यो । मानिसहरूलाई थाहा छैन, तर जब पनि समस्या आयो, हामीले त्यसलाई धेरै छिट्टै समाधान गर्​​​​यौं । उनले थपे, म सबैलाई भन्छु कि तपाईं एक महान नेता हुनुहुन्छ ।

अमेरिकी राष्ट्रपतिले आफू यस भ्रमणमा विश्वका सबैभन्दा उत्कृष्ट व्यवसायिक नेताहरू लाई साथमा ल्याएको बताए । उनले भने, आज यहाँ उपस्थित सबै शीर्ष व्यक्तिहरू तपाईंप्रति सम्मान व्यक्त गर्न आएका हुन् ।उनले भने, तपाईंसँग हुनु सम्मानको कुरा हो र तपाईंको साथी हुनु पनि सम्मानको कुरा हो । ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने दाबी पनि गरे ।

सी जिनपिङले के भने

ट्रम्प र उनको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै सी जिनपिङले भने, हामी प्रतिद्वन्द्वी होइन, साझेदार हुनुपर्छ । हामीले एक अर्काको सफलता र समृद्धिमा सहकार्य गर्नुपर्छ र नयाँ युगमा ठूला राष्ट्रहरूबीचको सम्बन्धको सही बाटो खोज्नु पर्छ । सी जिनपिङले ट्रम्पसँग छलफल र सहकार्य गर्न आफू उत्सुक रहेको बताए ।

चीन - अमेरिका सम्बन्धको विशाल जहाजलाई सही दिशामा अगाडि बढाउन सकियोस् र २०२६ लाई सम्बन्धको नयाँ अध्याय सुरु गर्ने ऐतिहासिक वर्ष बनाउन सकियोस् , उनले भने । उनले अमेरिकाको स्वतन्त्रताको २५०औं वर्षगाँठका अवसरमा ट्रम्प र अमेरिकी जनतालाई बधाई पनि दिए । सी जिनपिङले भने, पूरै विश्व हाम्रो यो भेटलाई हेरिरहेको छ ।

अहिले विश्वमा पछिल्ला सय वर्षमा नदेखिएको परिवर्तन तीव्र गतिमा भइरहेको छ र अन्तर्राष्ट्रिय परिस्थिति निरन्तर परिवर्तनशील र अस्थिर बनेको छ । उनले थपे, ‘विश्व एउटा नयाँ मोडमा पुगेको छ ।

के चीन र अमेरिका थ्युसीडाइड्स ट्रयाप बाट बाहिर निस्केर सम्बन्धको नयाँ मोडेल बनाउन सक्छन् ? के हामी विश्वव्यापी चुनौतीहरूको संयुक्त रूपमा सामना गर्दै संसारलाई अझ स्थिर बनाउन सक्छौं ? के हामी दुवै देशका जनता र मानवताको भविष्यको हितका लागि द्विपक्षीय सम्बन्धको राम्रो भविष्य निर्माण गर्न सक्छौं ?

सी जिनपिङले अन्त्यमा भने, ‘यी इतिहास, विश्व र जनताका लागि महत्वपूर्ण प्रश्नहरू हुन् । ठूला राष्ट्रका नेताका रूपमा यी हाम्रो समयका प्रश्नहरू हुन्, जसको उत्तर तपाईं र मैले दिनुपर्छ ।  - अन्नपूणबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार