काठमाडौं, बैशाख ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह जनताको प्रश्नबाट भाग्न खोजेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा साम्पाङले जनताले सरकारमाथि धेरै प्रश्न गरिरहेको भन्दै प्रधानमन्त्री भने जनताको प्रश्नबाट भाग्न खोजेको बताएका हुन् ।
उनले संसदमा उभिएर प्रश्नको उत्तर नदिनु भनेको जनताको उत्तर नदिनु भएको उनले बताएका छन् । जनताका प्रश्नहरूको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको समेत उनले बताए ।
उनले जनता सरकारले असुरक्षित महसुस गरिरहेको बताए । जनताको सुरक्षा गर्न नसक्ने र सीमा रक्षा गर्न नसक्ने सरकारर्लाई सफल सरकार भन्न नसकिने उनले बताए ।
उनले सदनमा नभए पनि पत्रकार सम्मेलन गरेर जनताको उत्तर दिन प्रधानमन्त्रीलाई सुझाव दिए ।