२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

सरकारको घोषणा : सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने

सोमवार , बैशाख २८, २०८३

 

काठमाडौं, बैशाख ।

सरकारले सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने भएको छ। शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र रोजगारीमुखी बनाउने उद्देश्यसहित पाठ्यक्रमको पुनरावलोकन गर्न लागिएको हो।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३- ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने र पुस्तक, दिवा खाजा तथा पोसाकको सहज वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार