काठमाडौं, बैशाख ।
सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेर डिजिटल सेवालाई प्रवर्द्धन गर्ने जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३- ०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएका हुन्।
सरकारले साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्पुटेसन निर्यातलाई प्रवर्द्धन गरिने उनले बताए।
जिटल पार्क उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई ' टेक हब' का रूपमा अघि बढाइने राष्ट्रपति पौडेलले बताए।
' सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण, सरकारी सहलगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ,' उनले भने।