काठमाडौँ,वैशाख । टर्किएको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ। टिके७२६ नम्बरको उक्त विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार आज बिहान विमान अवतरण भइरहँदा टायरमा आगो देखिएको थियो। दमकलको तत्काल सहयोगमा आगो निभाइएको र अहिले अवस्था सामान्य रहेको उनले जानकारी दिए। घटनालगत्तै प्राविधिक जाँच र सुरक्षा सतर्कताका लागि केही समयका लागि विमानस्थलको धावनमार्ग ९रनवे० बन्द गरिएको छ।
विमानमा २७३ जना यात्रु र ११ जना चालक दलका सदस्य (क्रू मेम्बर सवार थिए। आगो लागेको केही समयमै सबै यात्रु र चालक दलका सदस्यहरूलाई सकुशल बाहिर निकालिएको छ। अहिले विमानको प्राविधिक जाँच भइरहेको र सुरक्षा सुनिश्चित भएपछि मात्र धावनमार्ग पुनस् सञ्चालनमा आउने प्रहरीले बताएको छ।