२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

संघीय संसद सचिवालय : ' सांसदको बायोमेट्रिक विवरण संकलन '

बिहिवार , बैशाख २४, २०८३

 

काठमाडौं, बैशाख ।

संघीय संसद सचिवालयले बिद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ ।

संघीय संसद अन्तर्गत बिभिन्न बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद सचिवालयले बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो ।

संसद बैठक र संसदीय समितिमा यसअघि काजगी हाजिरी गर्ने गरिएकोमा अव भने बिधुतीय हाजिरी प्रणाली सुरु गरिने समेत संसद सचिवालयले जनाएको छ ।

बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन समेत सचिवालयले अनुरोध गरेको छ । 

सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्ने कार्य बैंशाख २८ गतेसम्म जारी रहने सचिवालयले जानकारी दिएको छ ।  अन्नपूणबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार