काठमाडौं, बैशाख ।
संवैधानिक परिषद्ले पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले कामु प्रधानन्यायाधीश मल्ललाई प्रधानन्यायाधीशमा सिफारिस गर्न अस्वीकार गरेका थिए।
प्रधानमन्त्रीलाई सभामुख डीपी अर्याल र कानुनमन्त्री सोविता गौतमले साथ दिएका थिए।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदाम्बे वरिष्ठताका आधारमा मल्ललाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने अडान राखेका थिए।