२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज देशभर बदली, मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं,बैशाख । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ।

अहिले गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने र तराई भूभागमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै, तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राती कोशी प्रदेश र देशका अन्य हिमाली भूभागमा साधारणतया बदली रहने तथा बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।

कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश र अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार