काठमाडौँ, वैशाख ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहित नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
बुधबार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले शपथ खुवाउका हुन ।
सभापति थापासँग शपथ ग्रहण गरेलगत्तै उपसभापति शर्माले प्रतिष्ठानका अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए । उपसभापति शर्माले मङ्गलबार मात्रै प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका थिए ।
नेपाली कांग्रेसको विधान, २०१७ -संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ जनालाई सदस्यमा मनोनीत गरिएको हो।
पार्टीको नीति निर्माण, समसामयिक विषयमा अनुसन्धान र कार्यकर्तालाई प्रशिक्षण दिने मुख्य जिम्मेवारी यस प्रतिष्ठानको रहेको छ।