२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस संसदीय दल बैठक

'प्रतिनिधिसभा नियमावली-२०८३' मस्यौदा : 'सच्याउन सरकारसँग माग '

नियमावली, २०८३ को मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत

बुधवार , बैशाख २३, २०८३

 

काठमाडौं, बैशाख ।

नेपाली कांग्रेसले प्रस्तावित प्रतिनिधिसभा नियमावली, २०८३ को मस्यौदा सच्चाउन सरकारसँग माग गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा नियमावली, २०८३ को मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेकाले ती विषयहरुलाई सच्चाउनु पर्ने माग गरेको कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।

असल नियतले सुशसान र सेवा प्रवाह सहजताका लागि गरेका प्रावधानहरुलाई समर्थन गर्ने तर संविधानको भाव विपरित जारी गरिएका प्रावधानहरुको विरुद्धमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरिएको प्रमुख सचेतक थापाले बताइन् ।

बैठकले सरकारले विधायिकी अधिकारको गम्भीर उल्लंघन र संसदीय अभ्यास माथि निर्मम प्रहार गरेको निष्कर्ष निकालेको उनले बताइन् ।

बैठकले वास्तविक सुकुम्बासीको पहिचान, ससम्मान स्थानान्तरण र मर्यादित पुनस्र्थापनाका लागि सदनमा प्रभावकारी आवाज उठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार