२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

इरान- अमेरिका युद्ध अन्त्य नजिक

एक पृष्ठको दस्तावेज बन्दै : " सम्झौतामा हस्ताक्षर गर्ने तयारी "

इरानले आणविक कार्यक्रम निलम्बन गर्ने , अमेरिकाले इरानमाथिको प्रतिबन्ध खुला

बुधवार , बैशाख २३, २०८३

वासिङटन, बैशाख ।

इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि एक पृष्ठ लामो दस्तावेजमा सहमति गर्ने तयारी भएको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।

दुई अमेरिकी अधिकारीहरुलाई उद्रृत गर्दै एक्सियोसले यस्तो समाचार प्रकाशित गरेको हो ।

इरानले आणविक कार्यक्रम तत्कालका लागि निलम्बन गर्ने र अमेरिकाले इरानमाथिको प्रतिबन्ध खुला गरेर पश्चिमा देशका बैंकहरुमा रोक्का भएको उसको खर्बौं डलर बराबरको सम्पत्ति खुला गरिदिने विषय सहमतिपत्रमा उल्लेख भएको एक्सियोसको समाचारमा उल्लेख छ ।

दुबै पक्ष हर्मुजको जलमार्गमा भएको अवरोध खोल्नका लागि तयार भएका छन् । एक्सियोसको समाचारमा उल्लेख भए अनुसार अमेरिकाले ४८ घण्टाभित्र यस विषयमा इरानको प्रतिक्रिया आउने अपेक्षा गरेको छ । तर दुबै देशले कुनै औपचारिक टिप्पणी गरेका छैनन् ।एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार