२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज विश्व प्रेस स्वतन्त्रता दिवस:विभिन्न कार्यक्रमहरू मनाइँदै

आइतवार , बैशाख २०, २०८३

काठमाडौँ । 'विश्व प्रेस स्वतन्त्रता दिवस' आज नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौँको माइतीघरमा एक विशेष ऐक्यवद्धता र्‍याली निकालेको छ।

महासंघले यस वर्ष ‘शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ र्‍यालीको आयोजना गरेको हो। र्‍यालीमा सहभागी पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूले प्रेस स्वतन्त्रताको रक्षा र संवैधानिक अधिकारको कार्यान्वयनमा जोड दिएका छन्।

र्‍यालीका सहभागीहरूले समसामयिक राजनीतिक अवस्था र प्रेसमाथि भइरहेका हस्तक्षेपप्रति सङ्केत गर्दै विभिन्न प्लेकार्ड र पम्पलेटहरू प्रदर्शन गरेका थिए। सहभागीहरूले बोकेका पम्पलेटमा 'पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा', 'सरकारी सूचना साझा', र 'प्रेस स्वतन्त्रता सम्झौता होइन अधिकार हो' जस्ता नाराहरू लेखिएका थिए।

साथै, र्‍यालीमा सत्ता पक्षको व्यवहारप्रति लक्षित गर्दै 'रास्वपाको सत्ता प्रेस स्वतन्त्रता बेपत्ता' जस्ता विरोधका स्वरहरू पनि देखिएका थिए। पत्रकार महासंघले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बलियो हुन नसक्ने भन्दै सूचनाको हक र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार