२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

शनिवार , बैशाख १९, २०८३

काठमाडौँ, वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार बस्दै छ । 

कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा सो बैठक बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितका लागि अनुरोध गरिएको उहाँको भनाइ छ ।  यसअघि वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरुलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार