२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी विशेष दूत गोर भेट

द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड

शुक्रवार , बैशाख १८, २०८३


काठमाडौँ, वैशाख ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उनीहरू बीच नेपाल- अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ ।

त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार