२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संविधान संशोधन बहसपत्र

कार्यदलको गृहकार्य तीव्र : ' कानुन व्यवसायीसँग परामर्श गर्यो '

मंगलवार , बैशाख १५, २०८३

 

काठमाडौँ, वैशाख ।

सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल गरेको छ ।

सोमबार भएको छलफल विशेष गरी संविधान संशोधनका कानुनी र संवैधानिक जटिलता एवं आवश्यक परिमार्जनका विषयमा केन्द्रित थियो ।

गाेरखापत्र लेख्छ,   कार्यदलले विज्ञसँगको परामर्शलाई निरन्तरता दिएको हो । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णय अनुसार गठित यस कार्यदलले वैशाख १० गतेको बैठकको निर्णयानुसार परामर्श प्रक्रियालाई अघि बढाएको हो ।

कार्यदलले सबै सरोकारवालासँगको छलफलबाट सङ्कलित सुझावका आधारमा संविधान संशोधनको ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार