२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति : हर्कराज राई

मंगलवार , बैशाख १५, २०८३

 

काठमाडौँ,  बैशाख ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजालमार्फत उनले विभिन्न बहाना र धनीपूर्जाको हवाला दिँदै जनतालाई घरबारविहीन बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारे ।

उनले लेखेका छन्, विभिन्न बहाना बनाएर धनीपूर्जाको हवाला दिएर जनताको बासस्थान भत्काउने र बेघर बनाउने कृत्यलाई कुनै पनि हालतमा पुष्टी गर्न सकिन्न र पुष्टि गर्नुहुँदैन !'

अध्यक्ष हर्कले वर्तमान सामाजिक र राजनीतिक सन्दर्भमा जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘अरूलाई घाउ लाग्दा आफूलाई दुख्नु र सहयोगको भावना प्रकट गरी सकेको सहयोग र संघर्ष गर्नु नै हर्कवाद हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार