२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बेलायती राजा चार्ल्स अमेरिकामा : ' अमेरिकी संसद्मा सम्बोधन गर्ने '

सोमवार , बैशाख १४, २०८३

 

लन्डन, बैशाख ।

बेलायतका राजा चार्ल्स तृतीय आजबाट संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण निस्किएका छन् । बकिङ्घम प्यालेसले राजा तृतीयको आजबाट सुरु हुने अमेरिकाको राजकीय भ्रमण केही सामान्य परिमार्जनसहित 'पूर्वयोजना अनुसार नै अघि बढ्ने' जनाएको छ।

आइतबार जारी गरिएको एक विज्ञप्ति अनुसार, आन्ध्र महासागरका दुवै तर्फका अधिकारीहरू बीचको छलफल र सरकारको सल्लाहपछि यो निर्णय लिइएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, मेलानिया ट्रम्प र अन्य पाहुनाहरू सुरक्षित रहेको खबर सुन्दा राजा निकै ढुक्क भएको दरबारले उल्लेख गरेको छ।

भ्रमणका मुख्य कार्यक्रमअन्तर्गत राजा चार्ल्सले डोनाल्ड ट्रम्पसँग भेट गर्नुका साथै अमेरिकी संसद्का दुवै सदनलाई सम्बोधन गर्नेछन्।

त्यसैगरी, उनले न्यूयोर्कस्थित ९र११ स्मारकको भ्रमण गर्ने र भर्जिनियामा दिवंगत अमेरिकी तथा बेलायती सैनिकहरूको सम्मानमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ।

यद्यपि, भ्रमण तालिकामा कस्ता खालका '[ समायोजन ' वा फेरबदल गरिएका छन् भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। यो राजकीय भ्रमण कूटनीतिक रूपमा निकै चुनौतीपूर्ण समयमा भइरहेको छ।

फकल्याण्ड टापुमाथि बेलायती सार्वभौमसत्ताका बारेमा अमेरिकाले आफ्नो अडान पुनरावलोकन गर्नसक्ने रिपोर्टहरू सार्वजनिक भएको केही दिनमै यो भ्रमण हुन लागेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार