२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस : संसदीय दलको नेता बने भीष्मराज आङ्देम्बे

सोमवार , बैशाख १४, २०८३

 

काठमाडौं, बैशाख ।

नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो।

संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, मोहन आचार्य र भीष्मराज आङदेम्बे आकाक्षी बनेका थिए।

संसदीय दलको नेतामा सहमति नभएपछि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका तीन जना सदस्य रहने गरी सहमति खोज्ने समिति बनाइएको थियो।

आचार्य प्रत्यक्ष निर्वाचित सांसद हुन् भने केसी र आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् । सभापति गगन थापाले आचार्य र उपसभापति शर्माले आङदेम्बेलाई संसदीय दलको नेता बनाउन लबिङ गरेका थिए।

निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेता आङदेम्बेलाई दलको नेता बनाउँदा डा. शेखर कोइराला र निवर्तमान उपसभापति खड्कालगायत पक्षलाई पनि समेटिने नेताहरुको विश्वास छ।सोही अनुसार आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार