२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मौसममा फेरबदल : ' पहाडी भेगमा वर्षा र बदलीको सम्भावना '

सोमवार , बैशाख १४, २०८३

 

काठमाडौँ, बैशाख।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण देशका विभिन्न भागमा आइतबार बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा आज साधारणतया बादल लाग्ने देखिएको छ भने मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। 

कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। 

पहाडी भेगमा वर्षा र बदलीको सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने गर्मी बढ्ने र तातो दिन हुने देखिएको छ।

वर्षा र चट्याङको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै महाशाखाले तराईमा बढ्दो तापक्रमबाट बच्न आवश्यक उपायहरू अपनाउन समेत सुझाव दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार