काठमाडौँ, वैशाख।अहिले काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भागमा मध्यम वर्षा भइरहेको छ ।
मौसमविद् हरिप्रसाद दाहालले सञ्चारकमीलाइ दिएको जानकारी अनुसार, हाल कोशी प्रदेशको तराई र पहाडी भूभागमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा वर्षा भइरहेको छ ।
पश्चिमबाट गण्डकी प्रदेशतिर फेरि नयाँ पानी पार्ने प्रणाली विकास हुँदै गएको उनको भनाइ छ । उनले भने, ' कोशी प्रदेशको तराई र पहाडी क्षेत्रमा वर्षा भईरहेको छ भने बागमती प्रदेशको विशेषगरी पहाडी भूभागमा बर्षा हुँदैछ ।
गण्डकी र लुम्बिनी प्रदेशको पनि पहाडी भूभागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका अन्तर्गत चन्द्रागिरी, नयाँसडक, बबरमहल, नैकाप, गोदावरीलगायतका क्षेत्रमा वर्षा भएको छ ।
उनले तत्कालै मौसम सुधारको सम्भावना नरहेको पनि बताए । उनले भने, ' अहिले नै मौसम सुधार हुने सम्भावना छैन । पश्चिमी क्षेत्रबाट पानी पर्ने प्रणाली विस्तारै पूर्वतिर सर्दै आएको छ