२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आइसिसी विश्वकप लिग–२ : नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

शनिवार , बैशाख १२, २०८३

काठमाडौँ, वैशाख । दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरब इमिरेट्स (युएई)लाई दुई सय एक रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनायो ।

नेपालका लागि दीपेन्द्रले ७५ रन बनाउनुभयो । उहाँले ९० बलमा पाँच चौका र दुई छक्का हान्नुभयो । यस्तै ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले १समान १५,१५ तथा भीम सार्कीले १० रन बनाउनुभयो । आशिफ शेख सात रनमा आउट हुँदा कप्तान रोहित पौडेल र सन्दीप लामिछाने दुई दुई रन जोड्र्दै पेभेलियन फर्किनुभयो । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले तीनतीन विकेट लिनुभयो ।

खुजैमा तनवीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक एक विकेट लिनुभयो । नेपालले घरेलु मैदानमा वैशाख १२ देखि २२ गतेसम्म ओमान र युएई तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ को सिरिज खेल्ने छ । नेपाल, ओमान र युएईसम्मिलित सिरिज यसअघि अमेरिका र इरान यद्धका कारण खाडीमा देखिइएको सङ्कटाका कारण रोकिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार