२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

थापाथलीस्थित सुकुम्बासी बस्ती : ' त्रास बढ्यो, सार्न थाले सामान '

सरकारको निर्देशन : ' शुक्रबार साँझसम्म बस्ती खाली गर्नु '

शुक्रवार , बैशाख ११, २०८३

 

काठमाडौँ, वैशाख ।

सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएसँगै थापाथलीस्थित सुकुम्बासीहरूले आफ्ना सामान सार्न थालेका छन् ।

वर्षौँदेखि बसोबास गर्दै आएका झुपडी, जोगाएर राखिएका साना–साना खुसीका क्षणहरू र बालबालिकाको भविष्य सबै एउटै सानो झोलामा अटाउन खोज्दा त्यहाँको दृश्य अत्यन्त हृदयविदारक देखिएको छ ।

कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै छन् भने कोही अब कहाँ जाने भन्ने चिन्तामा छन् । उनीहरू भन्छन्,' हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि के हो ?

मानिसहरू हतार- हतार जस्तापाता, काठका फल्याक र भान्साका सामग्री ट्याक्टर तथा रिक्सामा लोड गरिरहेका छन् ।  कतिपयले त आफ्नो घर आफैँ भत्काउन सुरु गरेका छन्, मानौँ उनीहरू आफ्नो पुरानो पहिचान आफैँ मेट्न बाध्य भएका छन् ।

- गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार