२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

इरानसँगको युद्ध अन्त्य गर्न - ' समयको दबाव र हतार छैन ' : ट्रम्प

बिहिवार , बैशाख १०, २०८३

 

अमेरिका, बैशाख ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न समयको दबाव र हतार नरहेको बताएका छन् ।राष्ट्रपति ट्रम्पले फक्स न्यूजको प्रस्तोता मार्था म्याककलमसँगको कार्यक्रममा इरानसँगको युद्धविराम विस्तारका लागि कुनै समयको दबाब नभएको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले बुधबार उनलाई फोन वार्तामा भनेका थिए, ‘इरानसँगको द्वन्द्व अन्त्य गर्न हतार छैन, हामी उनीहरुसँग राम्रो सम्झौता गर्न चाहन्छौं ।

ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेभिटले पनि वार्ता जारी छ रहेको बताउँदै ट्रम्पले इरानलाई आफ्ना ‘रेड लाइन’ हरू स्पष्ट रूपमा बताइसकेको जानकारी दिएकी छन् ।

जसमा उनीहरूले आफ्नो कब्जामा रहेको समृद्ध युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने माग समावेश छ । 

लेभिटले थपिन्, ‘इरानी शासनको जवाफको प्रतीक्षामा छ, जसले अझै एकीकृत सन्देश पठाउन सकेको छैन, त्यसैले राष्ट्रपतिले युद्धविराम विस्तार गर्ने निर्णय गरेका हुन्।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार