अमेरिका, बैशाख ।
आफूहरुको शर्त नमाने फेरि इरानमाथि फेरि आक्रमण गर्नुपर्ने हुनसक्ने अभिव्यक्ति दिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि बढाएका छन् । राष्ट्रपति ट्रम्पले २२ अप्रिलमा युद्धविरामको समयावधि अनिश्चितकालका लागि बढाएको घोषणा गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिल्ड मार्शल आसिम मुनीरको माग अनुसार समय बढाइएको उनले दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले दुई हप्ते युद्धविरामको समय सकिनै लाग्दा फेरि सैन्य आक्रमण सुरु गर्नुको सट्टा थप लम्ब्याउने निर्णय गरेका हुन् । यस पटक उनले युद्धविरामको अन्तिम मिति तोकेका छैनन् ।
ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट गर्दै इरानी सरकार गम्भीर रूपमा विभाजित रहेको बताएका थिए । उनी युद्धको कूटनीतिक समाधान खोज्न इच्छुक देखिन्छन् ।
किनकी पहिले नै अमेरिकाले जितेको दाबी गरिएको तर जनतामाझ अलोकप्रिय युद्ध फेरि सुरु गर्न उनी चाहँदैनन् । तर अहिलेका लागि वार्ता भंग हुनुले ट्रम्पलेले आफ्ना धेरै शर्तहरू पूरा गर्ने गरी सम्झौता गर्न खोज्दा सामना गरिरहेका कठिनाइहरूलाई देखाउँछ ।
इरानले सार्वजनिक रूपमा भनेको कि नयाँ वार्ता सुरु गर्नु अघि अमेरिकाले स्ट्रिट होर्मुजमा रहेका आफ्ना बन्दरगाहमा आउने- जाने जहाजमाथिको नाकाबन्दी हटाउनुपर्छ । तर ट्रम्पले यो माग अस्वीकार गरेका छन् ।
उनले भनेका छन्, अन्तिम सम्झौता नभएसम्म हामी होर्मुज खोल्दैनौं । ट्रम्पको युद्धविराम समय थप्ने निर्णयले इरानलाई आफ्ना धारणा एकीकृत गर्न र सर्वोच्च नेता मोजतबा खामेनीबाट स्वीकृति लिन थप समय दिन सक्छ । तर अधिकारीहरूका अनुसार यसको कुनै सुनिश्चितता छैन । तर ट्रम्पको यो निर्णय इरानलाई आर्थिक दवावमा राख्दै वार्ताका लागि वाध्य गराउनु रहेको हुनसक्ने अनुमान गरिएको छ ।