२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

इरान - अमेरिका युद्ध

युद्धविराम समय सीमा सकिँदै : " अझ टाढिँदै छन् वार्ताबाट ? "

मंगलवार , बैशाख ८, २०८३

 

इरान, बैशाख ।

युद्ध अन्त्यको आशा जाग्दै गरेका बेला अचानक अमेरिका र इरान वार्ताबाट अझ टाढिँदै गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यबारे चाँडै राम्रो खबर आउन सक्ने भनेर आशा जगाइरहेका बेला एकाएक परिस्थिति बदलिँदै गएको हो ।

राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यको आशा जनाएको केही घण्टामै फेरि निरासाका खबर फैलिन थाले । त्यसपछि अमेरिका र इरानका लगातार आएका अभिव्यक्तिहरुहरूले पनि अहिलेका लागि शान्ति वार्ता अझै टाढा छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईका अनुसार इरानले हाल अमेरिकासँग हुने अर्को चरणको वार्तामा सहभागी हुने कुनै योजना बनाएको छैन ।

अमेरिकी प्रतिनिधिमण्डल सम्भावित दोस्रो चरणको पाकिस्तान प्रायोजित अमेरिका -इरान वार्ताका लागि इस्लामाबाद पुग्ने तयारी गरिरहेका बेला इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो भनाई बाहिरिएको हो ।

बकाईले भने, अहिलेसम्म अर्को चरणको वार्ताको कुनै योजना छैन र यसबारे कुनै निर्णय पनि गरिएको छैन । यसअघि सोमबार नै डोनाल्ड ट्रम्पले ट्रुथ सोशल मिडियामा लेखेका थिए, यदि इरानका नयाँ नेताहरू समझदार भए भने इरानको भविष्य निकै उज्ज्वल र समृद्ध हुन सक्छ ।

अमेरिका र इरानबीच ८ अप्रिलदेखि लागू भएको युद्धविराम २२ अप्रिलमा समाप्त हुँदैछ । पाकिस्तान दुवै पक्षबीच दोस्रो चरणको वार्ताको आयोजना गर्न तयारी गरिरहेको छ । यसअघि ११ र १२ अप्रिलमा इस्लामाबादमा दुवै पक्षबीच वार्ता भएको थियो, तर लामो छलफलपछि पनि कुनै सहमति हुन सकेन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार