२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मध्यपूर्वमा युद्धविराम

इरानी सैन्य कमाण्डरले भने : 'अमेरिकालाई थकाइ मार्न दिएका हौं '

मंगलवार , बैशाख ८, २०८३

 

इरान, बैशाख ।

इरानको सबैभन्दा ठूलो सैन्य मुख्यालयका एक कमाण्डरले अमेरिकालाई थकाइ मार्न दिएको टिप्पणी गरेका छन् ।

इरानको रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित फार्स समाचार एजेन्सीले टेलिग्राममा इरानको सबैभन्दा ठूलो सैन्य मुख्यालयका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीको अभिव्यक्ति सार्वजनिक गरेको हो ।

मेजर जनरल अब्दुल्लाहीले फारसी भाषामा लेखेका छन्, ‘आईआरजीसीले इजराइल र अमेरिकालाई थकाइ मार्न दिएको छ, जसका कारण उनीहरू युद्धविरामको माग गर्न बाध्य भएका छन् ।

उनले थप भनेका छन्, ' सशस्त्र सेनाले झुट बोल्ने अमेरिकी राष्ट्रपतिलाई जमिनको वास्तविक अवस्थाबारे झुटा कथाहरू बनाउने अनुमति दिने छैन ।

विशेष गरी होर्मुज जलडमरू सम्बन्धी मुद्दामा ।इरानी प्रतिनिधिमण्डल अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका लागि इस्लामाबाद जाने नजाने अहिलेसम्म कुनै कुरा स्पष्ट छैन ।

इरानभित्र राजनीतिक तनाव छ । जहाँ कट्टरपन्थी पक्षहरूले कूटनीतिको सट्टा टकरावको बाटो अपनाउन वार्ताकारहरूलाई दबाब दिइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार