काठमाडौं, बैशाख ।
प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत र २ वटा संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार संसद सचिवालयमा सभामुख डोलप्रसाद अर्यालसमक्ष नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शपथपछि सभामुख अर्यालले नवनिर्वाचित सभापतिहरूलाई सफल कार्यकालको शुभकामना समेत दिएका हुन्।त्यसअघि शुक्रबार नै बसको सम्बन्धीत समिति बैठकले सभापति चयन गरेको हो ।
जसअनुसार अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदास, उद्योग समितिका रहवर अन्सारी र कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा समिक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भएका छन्।
यसैगरी राज्यको निर्देशक सिद्धान्त र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्क समितिको सभापतिमा गणेश कार्की र शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित भएका भएकी छिन् ।
संसदीय सुनुवाइ समितिको सभापतिमा बोध नारायण श्रेष्ठ, राज्य व्यवस्था समितिमा हरि ढकाल, लेखा समितिमा भरतबहादुर खड्का, महिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि समितिको सभापतिमा अशोककुमार चौधरी सर्वसम्मत निर्वाचित भएका हुन्।