२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

अन्तरसरकारी वित्त परिषद् बैठक

' सरकार संविधानमाथि छेडखानी गर्दैन - आवश्यक परे संशोधन '

बिहिवार , बैशाख ३, २०८३

 

काठमाडौं, बैशाख ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संविधानप्रति वर्तमान सरकारको पूर्ण वफादारी रहेको बताएका छन्। बिहीबार अर्थमन्त्रालयमा बसेको अन्तरसरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री वाग्लेले संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र अधुरा विषयलाई सहमतिमार्फत नै संशोधन गरिने जिकिर गरे।

करिब दुई तिहाई नजिकको सरकारले संविधानमाथि छेडखानी गर्ने हो की भन्ने आशंका नगर्न उनले आग्रह गरे । मन्त्री वाग्लेले संविधानले नै संशोधनको विधि तय गरिदिएको अवस्थामा त्यसैलाई टेकेर सरकारले अघि बढ्ने स्पष्ट पारे।

उनले नेपालको संघीय व्यवस्था अनुसार वित्त बाँडफाँटको विषयलाई अधिकार मात्रै नभइ क्षमतालाई पनि सँगै जोड्न आवश्यक रहेको उल्लेख गरे।

उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा आन्तरिक र बाह्य प्रतिकूलताहरूले लक्ष्य हासिल गर्न निकै चुनौति देखिएको बताए।

त्यस्तै उनले प्रदेश र स्थानीय तहमा रास्वपाको उपस्थीति नरहे पनि सबैसँग मिलेर नै अघि बढ्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार