२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सम्राट चौधरी बने बिहारका २४ औँ मुख्यमन्त्री

बुधवार , बैशाख २, २०८३

पटना,चैत। सम्राट चौधरी भारतको बिहार राज्यका २४ औँ  मुख्यमन्त्री बनेका छन् । चौधरीले बिहारको २४ औं मुख्यमन्त्रीको रूपमा बुधबार बिहान शपथ लिएका छन् ।

जेडीयू कोटाबाट विजय चौधरी र बिजेन्द्र यादवले पनि उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा नितिश कुमार पनि उपस्थित थिए ।

नेपालसँग सीमा जोडिएका कारण पनि बिहारको बारेमा चासो हुने गर्दछ । निवर्तमान मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएसँगै भारतीय जनता पार्टीका सम्राट चौधरीले शपथ लिएका हुन् ।

एनडीए गठबन्धनबाटै मुख्यमन्त्री बनेका नीतिश कुमारले ३० मार्चमा बिहार विधानसभा परिषद् (एमएलसी) बाट राजीनामा दिएर भारतको माथिल्लो सदन राज्यसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए । चौधरी उनको सरकारमा उपमुख्यमन्त्री थिए ।

एनडीए गठबन्धनमा भाजपा ८८ सिटसहित सबैभन्दा ठूलो दल हो । ५७ वर्षीय चौधरी तारापुरबाट विधानसभामा छानिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार