२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

दार्चुलाको विकट अवस्था- ' सरकार स्मरण गर' : सांसद राई

शुक्रवार , चैत्र २७, २०८२

 

काठमाडौँ, चैत ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन । उपसभामुखको निर्वाचन प्रक्रियामा सहभागी हुँदै उनले आफ्नो हालैको दार्चुला भ्रमणको स्मरण गर्दै त्यहाँको पीडादायी अवस्था सुनाए ।

आफू दार्चुलाको अवस्था देखेर रोएर आएको बताउँदै उनले भने, “ब्याँस गाउँपालिकाको दुम्लिङसम्म पुग्दा बाटो छैन, मान्छे महाकालीमा तुइनबाट खसेर मर्ने अवस्था छ । त्यहाँ तुइनको दुर्घटना नभोगेको कुनै घरपरिवार नै छैन ।

उनले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र गृहमन्त्रीलाई ब्याँस क्षेत्रको स्थलगत भ्रमण गरी जनताको पीडा बुझ्न रोस्ट्रमबाटै आग्रह गरे। सम्बोधनका क्रममा राईले संसद्भित्र प्रयोग हुने शब्द र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए ।

केही सांसदले उपसभामुखका उम्मेदवार रुबीकुमारी ठाकुरलाई बहिनी भनेर सम्बोधन गरेकोमा आपत्ति जनाउँदै उनले सदनको मर्यादा राख्न आग्रह गरे ।

त्यस्तै, ज्येष्ठ नागरिकका विषयमा अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै उनले प्रकृतिको नियम अनुसार सबै वृद्ध हुने भएकाले उमेरलाई लिएर उपहास नगर्न सचेत गराए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै राईले बिनाकारण उडान ढिलो गर्ने विमान कम्पनीहरूलाई जरिवाना गर्नुपर्ने माग गरे ।

संसद्‍मा समर्थन जनाउँदा टेबल र कुर्सी ठोक्ने परम्परालाई अमर्यादित भन्दै उनले त्यसको साटो दुई हातले ताली बजाउने संस्कृति सुरु गर्न प्रस्तावसमेत गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार