२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

राजनीतिक कोटाबाट नियुक्त : " ६ देशका राजदूत फिर्ता "

मंगलवार , चैत्र २४, २०८२

 

काठमाडाैँ,  चैत ।

सरकाले राजनीतिक कोटाबाट नियुक्ति पाएका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । केपी ओली सरकारले नियुक्ति गरेका भारत, अस्ट्रेलिया, श्रीलंका, साउथ कोरिया, डेनमार्क, र साउथ अप्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।

ओली सरकारले ३४ वटा मिसनहरु मध्ये १७ मा राजनीतिक कोटाबाट नियुक्त गरेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले गत कात्तिकमा राजनीतिक कोटाबाट नियुक्ति पाएका ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउँदा ६ देशका राजदूतहरु फिर्ता बोलाइएका थिएनन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले राजदूत फिर्ता बोलाउने निर्णय भएको पुष्टि गरेका छन् । उनले फिर्ता बोलाइएका राजदूतहरुलाई एक महिनाभित्र फर्किने सोमबार पत्राचार भइसकेको बताए ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), पुर्णबहादुर नेपाली (श्रीलंका), शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), सुम्निमा तुलाधार (डेनमार्क) र कपिल श्रेष्ठ (साउथ अफ्रिका) लाई फिर्ता बोलाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार