काठमाडौं, चैत ।
सोमबार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।
सोमबार राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।