२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

काठमाडौं जिल्ला अदालत

ओली र लेखकमाथि अनुसन्धान गर्न थपियो - ' पाँच दिनको म्याद '

आइतवार , चैत्र २२, २०८२

 

काठमाडौं, चैत ।

नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतले आइतबार पाँच दिनको म्याद थपेको हो। यसअघि अदालतले एकपटक पाँच दिन र अर्कोपटक दुई दिनको म्याद थप गरेको थियो।

जेनजी आन्दोलन सम्बन्धमा बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा प्रहरीले ओलीलाई गत शनिबार पक्राउ गरेको थियो। पक्राउ परेपछि स्वास्थ्यमा समस्या आएको भन्दै ओली शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए।

अहिले पनि ओली अस्पतालमै छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार