काठमाडौं, चैत ।
नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको केहि बढेको छ । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला दुई लाख ९४ हजारमै कारोबार भइरहेको छ ।
यता चाँदीको मुख्य भने केहि उकालो लाग्दै प्रतितोला चार हजार ८३० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाउ तोलामा ३ हजार ६०० ले भाउ तीन लाख ३९ हजार तीन सय पुगेको थियो ।
नेपाली बजारमा सुनको यो मूल्य यहि नै हालसम्मकै सबैभन्दा उच्च हो । गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५६५ रुपैयाँ घटेको थियो ।
चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो । माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो ।