२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

देशभरको मौसम आज

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना : ' तराईमा हावाहुरी '

शुक्रवार , चैत्र २०, २०८२

 

काठमाडौं, चैत ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहेको छ भने देशका अन्य भूभागमा आंशिक बदली देखिएको छ।

आज दिउँसो देशभरका हिमाली भूभागसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मौसम सामान्यतया बादल लाग्नेछ ।

गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ।

आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

तराईका केही क्षेत्रमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ। चट्याङ्ग, वर्षा, हिमपात र हावाहुरीका कारण जनजीवन, कृषि, स्वास्थ्य र यातायातमा पर्न सक्ने असरबाट बच्न आवश्यक पूर्वसावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार