२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

काठमाडौं अदालत

ओली र लेखकमाथि अनुसन्धान गर्न- '  थप दुई दिनको म्याद '

बिहिवार , चैत्र १९, २०८२

 

काठमाडौं, चैत ।

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दुई दिनको म्याद थप गरेको छ।

न्यायाधीश पुरुषोत्तम खतिवडाको एकल इजलासले बिहीबार ओलीमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थपेको हो। यसअघि अदालतले पाँच दिनको म्याद थपेको थियो।

जेनजी आन्दोलन सम्बन्धमा बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा प्रहरीले ओलीलाई गत शनिबार पक्राउ गरेको थियो।

पक्राउ परेपछि स्वास्थ्यमा समस्या आएको भन्दै ओली शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए। 

अहिले पनि ओली अस्पतालमै छन्।

त्यस्तै पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखकमाथि पनि अनुसन्धान गर्न दुई दिनको म्याद थप भएको छ।

उनी पनि गत शनिबार पक्राउ परेका थिए। उनीहरूमाथि फौजदारी कसूरमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार