नेपाल आयल निगमले हवाई इन्धनको बृद्धि गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै गएराति १२ बजेदेखि लागू हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर मूल्यबृद्धि गरेको हो।
निगमले भारतबाट प्रतिलिटर १२३ रुपैयाँ बढेर आएकाले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकोमा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको जनाएको छ ।