२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्यमा गिरावट : ' कतिमा हुँदैछ त कारोबार ? '

सोमवार , चैत्र १६, २०८२

 

काठमाडौं, चैत ।

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार -हिजो) सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार