२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अदालतबाट ओली र लेखकलाई ५ दिन म्याद थप

आइतवार , चैत्र १५, २०८२

 

काठमाडौँ, चैत ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै आधार दिँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई ५ दिनका लागि थुनामा राख्ने अनुमति प्रदान गरिएको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र  तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो । उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो ।

लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार