२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सार्वजनिक प्रशासन : ' सरकारले दलीय ट्रेड युनियन खारेज गर्ने '

आइतवार , चैत्र १५, २०८२

 

काठमाडौँ, चैत ।

रकारले सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको पहिलो बैठकले स्वीकृत गरेको कार्यसूची अनुसार कर्मचारी ट्रेड युनियन खारेज गरिने भएको हो । '

सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने ।

यस उद्देश्यका लागि निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै राष्ट्रसेवकले कुनै पनि दल, समूह वा स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गर्ने र उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम कडाइका साथ विभागीय कारबाही गर्ने,' कार्यसूचीको १२ नम्बर बुँदामा लेखिएको छ, 'साथै, सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबाबको अन्त्य गर्दै निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने।

यसका लागि आवश्यक कानुनी व्यवस्था विशेषतः सङ्घीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार