२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

' प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो '

पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री नियन्त्रणमा - " अब देशले नयाँ दिशा लिनेछ "

गृहमन्त्री गुरुङले भने :  ' कानुनभन्दा माथि कोही छैन '

शनिवार , चैत्र १४, २०८२

 

काठमाडौं, चैत ।

गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरेको जानकारी दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले आज बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेशलाई पक्राउ गरेको जानकारी दिएका हुन्।

गुरुङले कानुनभन्दा माथि कोही नभएको बताए। उनले यो कसैप्रति प्रतिशोध नभएको टिप्पणी गरे। कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।

उनले भने ' मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ। सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको थियो। - अन्नपूर्णबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार