२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीले - ' दिए बधाई '

शुक्रवार , चैत्र १३, २०८२

 

काठमाडौँ, चैत ।

नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन ।  प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत् बधाई दिँदै सफल कार्यकालको कामना ब्यक्त गरेका छन ।

प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वप्रति राखेको गहिरो विश्वास र भरोसालाई प्रतिविम्बित गरेको उल्लेख गरेका छन ।

नेपाल र भारतबिचको सदियौँ पुरानो विशिष्ट सम्बन्धलाई थप उचाइमा पुर्याउन आफू तत्पर रहेको समेत मोदीले उल्लेख गरेका छन ।

मोदीले लेखेका छन, ' नेपालको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा बालेन्द्र शाहजीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । म तपाईंसँग निकट रहेर काम गर्न र दुई देशका जनताको आपसी हितका लागि नेपाल भारत मैत्री तथा सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउन उत्सुक छु ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार