२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आयल निगम : पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

बुधवार , चैत्र ११, २०८२

 

काठमाडौँ, चैत ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपियाँ वृद्धि गरेको हो ।

यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपियाँ र तेस्रो वर्गमा १८७ रुपियाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपियाँ र तेस्रो वर्गमा १६७ रुपियाँ तोकेको छ ।

मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपियाँ पर्ने भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । यही मार्च १ देखि २४ तारिखसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपियाँ र डिजेलमा प्रतिलिटर १४३ रुपियाँ वृद्धि भएको निगमले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार