काठमाडौँ' चैत। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा छ हजार पाँच सय रुपैयाले घटेर दुई लाख ७५ हजार पाँच सय रुपैयँमा कारोबार भएको छ ।
आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार चाँदी प्रतितोला चार हजार चार सय २५ रुपैयाँमा कारोबार भएको छ ।