२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

मंगलवार , चैत्र ३, २०८२

काठमाडौँ,चैत।आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा चार सय र चाँदी ७० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ३३५ निर्धारण भएको छ ।

हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ निर्धारण भएको थियो । गत आइतबार एक तोला सुन तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार