२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालले रोक्यो इरानी नागरिकलाई अब - 'अन अराइभल' भिसा '

नेपालमा ' अन अराइभल' भिसा प्राप्त नहुने मुलुकको संख्या १३ पुग्याे

शनिवार , फाल्गुण ३०, २०८२

 

काठमाडौं, फागुन । नेपालले इरानी नागरिकलाई ' अन अराइभल' भिसा दिन रोक लगाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार इरानी नागरिकलाई 'अन अराइभल' भिसा दिन रोक लगाउने निर्णय गरेका हुन् ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार, यो निर्णयसँगै सरकारी र कुटनीतिक राहदानी वाहक बाहेकका इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिनुपर्छ ।

योसँगै नेपालमा ' अन अराइभल' भिसा प्राप्त नहुने मुलुकको संख्या १३ पुगेको छ ।

अनअराइभल भिसा नपाउने देशहरुमा नाइजेरिया, घाना, जिम्बाबे, स्विजरल्याण्ड, क्याम्रुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया छन् ।

शरणार्थी स्ट्याटसका यात्रा अनुमति प्राप्त कागजात भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था छ ।-कान्तिपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार