२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम विभाग भन्छ

काठमाडौं उपत्यकामा प्रदूषण : ' तत्काल ठूलो वर्षाको सम्भावना छैन'

मंगलवार , फाल्गुण २६, २०८२

 

काठमाडौं, फागुन । काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको छ ।

तत्काल उपत्यकामा ठूलो वर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार,  आगामी तीन दिनसम्म अहिलेकै अवस्था रहने देखिएको र त्यसपछि क्रमश मौसममा सुधार हुन्छ । 

आगामी दिन देशभर मौसम बदली हुनेछ ।  कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशमा केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागकाे भनाइ छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू(भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका केहि सहरमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल समेत गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार