२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य : 'तोलाको २५ सयले बढ्यो, कतिमा कारोबार ? '

मंगलवार , फाल्गुण १९, २०८२

 

काठमाडौं, फागुन । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ५०० रुपैयाँले बढेको छ। सोमबारको तुलनामा सुनको भाउ मंगलबार २ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख २८ हजार ५०० कायम भएको छ।

सोमबार प्रतितोला सुन ३ लाख २६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढे पनि चाँदीको भाउ भने सामान्य घटेको छ।

महासंघका अनुसार यसदिन २०५ रुपैयाँले घटेर प्रतितोला चाँदी ५ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सोही परिमाणको चाँदी ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार