काठमाडौं, फागुन । मंगलबार नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। यसदिन तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुन - चाँदी व्यवसायी महासंघका अनुसार १ हजार ३०० रुपैयाँले बढेर प्रतितोला सुनको मुल्य ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सोमबार प्रतितोला सुन ३ लाख १३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेपनि चाँदीको भाउ भने सामान्य घटेको छ।
महासंघका अनुसार आज प्रतितोला चाँदी ५ हजार ५९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबार सोही परिमाणको चाँदी ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो। चाँदी सोमबारको तुलनामा १० रुपैयाँले घटेको हो।