२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

यूक्रेन - रुस वार्ता : ' दीर्घकालीन शान्तिका लागि अवसर'

आइतवार , फाल्गुण ३, २०८२

 

किएभ,  फागुन  ।  यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता गम्भीर, सार्थक र सबैका लागि लाभ दायक हुने आशा व्यक्त गरेका छन । उनले सबै पक्षले सकारात्मक र सहयोगी दृष्टिकोण अपनाएर टिकाउ समाधान निर्माणमा योगदान पुर्याउनु पर्नेमा जोड दिए ।

राष्ट्रपतिले विगतका वार्तामा प्रायः यूक्रेनलाई पर्याप्त रूपमा समावेश नगरी रुससँग मात्रै छलफल हुने गरेको देखिएको बताएका छन, जसका कारण ठोस प्रगति हुन सकेको छैन ।

यसैले आगामी वार्ता सबै पक्षका हितलाई सुनिश्चित गर्ने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ । जनवरीको अन्त्यदेखि फेब्रुअरीको सुरुमा संयुक्त सुरक्षा कार्य समूहका सदस्यले संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा दुई चरणको वार्ता सम्पन्न गरेका थिए ।

त्यहाँ केही केदी साटासाटमा सहमति भए पनि क्षेत्रीय व्यवस्था, बन्दूकबन्दी र दीर्घकालीन शान्ति विषयमा पूर्ण समाधान हुन सकेको थिएन । अगामी चरणको वार्ता जेनेभा शहरमा मङ्गलबार र बुधबार हुने तय भएको छ ।

यसमा रुस प्रतिनिधित्व वरिष्ठ अधिकारीले गर्ने छन् भने यूक्रेन टोलीमा राजनीतिक, सुरक्षा र सैनिक विषयका प्रतिनिधि रहने छन् ।

राष्ट्रपतिले यस शान्ति वार्ता न्यायपूर्ण, टिकाउ र सबै पक्षका लागि सन्तुलित समाधानको अवसर बन्ने विश्वास व्यक्त गरेका छन । यसले दीर्घकालीन शान्ति र क्षेत्रीय स्थायित्वमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार